‘पन्छी’ बनेर आइन् एलिना (भिडियो)



काठमाडौँ। गायिका एलिना चौहानको स्वरमा रहेको नयाँ गीत ‘पन्छी’सार्वजनिक गरिएको छ। लोक आधुनीक स्वादका गीत चल्तीमा रहेकीरहेको बेलामा एलिनाको ‘पन्छी’ भने केही फरक शैलीको छ । सुदीप आत्रेयको शब्द र किरण माइकल घिमीरेको संगीतमा रहेको गीतको भिडियोमा धन कमाउने सपना बोकेर बिदेश पुगेका नेपाली चेलीले भोग्नु परेको पीडा प्रस्तुत गरिएको छ ।

फराज अर्पणले निर्देशन गरेको गीतको भिडियोमा गायिका एलिना स्वयम्,नम्रता अर्याल,गणेश पौडेल,सन्तोषकुमार थीन लगायत फिचर्ड छन् । निर्देशक अर्पणकै छायांकन र सम्पादन रहेको भिडियो आत्रेय प्रोड्क्सन युट्युव च्यानलबाट सार्वजनीक गरिएको हो ।