‘म पागल’ भन्दै आइन् गायिका सरु


काठमाडौँ। गायिका अञ्जना सरुले नयाँ गीत सार्वजनिक गरेकी छन् । सरुले ‘म पागल’बोलको गीत सार्वजनिक गरेकी हुन् । सार्वजनिक गीतका रचनाकार शिव भण्डारी हुन् भने संगीतकार विनय कार्की क्षेत्री हुन्। संगीत संयोजनपनि संगीतकार कार्कीले नै गरेका हुन् ।

यसैगरी गीतको भिडियो दिनेश बस्नेतको निर्देशनमा तयार भएको छ। भिडियोमा प्रमोद भट्ट, विनी बस्नेत, समिक्षा कार्की, जस्मिन पौडेलको अभिनय रहेको छ।

यस्तै भिडियो छायाँकार विशाल थापा हुन् भने सम्पादक विकास दाहाल हुन्। ‘म पागल’बोलको गीतलाई भवसागर इन्टरटेन्मेन्ट यूट्यूव च्यानलमा अपलोड गरिएको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.