खेम र मेलिनाको ‘सल्ले वनको डल्ले च्याउ’ सार्वजनिक (भिडियो)


काठमाडौँ। सुनिल बिकको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘सल्ले वनको डल्ले च्याउ’ सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो गीतको भिडियो रिलिज गरिएको हो ।

गीतमा पछिल्लो समय लोक दोहोरीका चर्चित गायक तथा संगीतकार खेम सेञ्चुरी र मेलिना राईको स्वर छ । नेत्र अर्यालको शब्द रचना रहेको गीतमा प्रभात पाल ठकुरी, उषा उप्रेती, बद्री प्रसाद तिवारी, कमलमणी नेपाल, जानकी परियार लगायतका कलाकारको अभिनय रहेको छ ।

सार्वजनिक गीतको कथा पनि निर्देशक सुनिल बिकले तयार गरेका हुन् । गीतको भाव अनुसार नै गीतको कथा बुनिएको निर्देशक बिकले गीत रिलिज कार्यक्रममा बताए ।

ब्ल्याक बी पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी, रोशन विश्वकर्माको कोरियोग्राफी, राजेन्द्र मोक्तानको रंग सयोजन, प्रविन भट्टको सम्पादन रहेको छ । शनिबार सार्वजनिक गरिएको म्युजिक भिडियो सल्ले वनको डल्ले च्याउ निर्माणमा सहयोग गरेको भन्दै निर्देशक सुनिल बिकले विशाल सुनार, कमल सुनार र दिन श्रीरिषप्रति आभार प्रकट गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.