सानोबाबु र रजनीको स्वरमा ‘सोनाम लोच्छार मेलामा’ सार्वजनिक (भिडियो)


काठमाडौँ। गायक सानोबाबु मुक्त्तान र गायिका रजनी लामाको स्वरमा लोच्छार गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सोनाम लोच्छार मेलामा’ बोलको गीतमा उत्सव सुब्बा लामाको शब्द तथा संगीत रहेको छ। गीतमा राजु खड्काको संगीत संयोजन रहेको छ। भिडियोको निर्देशन अनुपमा तामाङले गरेका छन्।

अजय वाइबाले छायांकन र सम्पादन गरेको भिडियोमा सजना थापाको कोरियोग्राफी रहेको छ। गायक सानोबाबु मुक्त्तान तामाङ कल्चरमा आधारित गीत र भिडियोले दर्शकको मन जित्नेमा बिस्वस्त रहेको बताउछन्। भिडियोमा रमेश कुमार रिजाल,सपना तामाङ,सबिन मोक्तान,अनुपमा तामाङ फिचर्ड छन्। भिडियो थाहा नगरपालिका ओखरगाउँमा छायांकन गरिएको हो। भिडियो एसस इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.