सरिता,ओम र डब्बुको छोड सताउन




काठमाडौं।
गायिका सरिता भारती र गायक ओम सुनारको स्वरमा नयाँ गीत छोड सताउनको भिडियो बिहिबार रिलिज गरिएको छ । सार्वजनिक गीतको भिडियो ओएसआर डिजिटलबाट रिलिज भएको हो । सरिता र ओमको यो पहिलो सांगीतिक सहकार्य हो ।

यो गीत पश्चिमेली लोक भाकामा आधारित रहेका छ । गीतको संगीत र संगीत संयोजन पनि ओम सुनारले नै गरेका हुन् । म्युजिक किचनमा राजेन्द्र बजगाईले रेकर्ड गरेको यो गीतलाई मनोज परियारले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

यो गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेका हुन् । कर्णाली र सुदुरपश्चिम प्रदेश भ्रमणको बेलामा त्यहाँ प्रयोग हुने छोट्या र छोट्टी (केटा र केटी) शब्द टिपेका क्षत्रीले सोही शब्दलाई गीतमा प्रयोग गरेर स्थानीय भाषालाई अन्तराष्ट्रिय क्षेत्रमा भिडियो मार्फत पुर्याएका छन् । यो गीतको भिडियोको निर्देशन पनि डब्बु क्षत्रीले नै गरेका हुन् ।

यो गीतको भिडियोमा अभिनेताहरु सनम कठायत, प्रवण भुसाल, मोडलहरु प्रतीक्षा काफ्ले, सजिना लामिछाने, रंजित सिञ्जालीसँग गायिका सरिता भारतीले पनि मोडलिङ गरेकी छिन् । भिडियोमा अरु कलाकारहरु नकुल गिरी, हरिकृष्ण गिरी, सुरेन्द्र गिरीलगायत पनि रहेका छन् । लामो समयदेखि नृत्य निर्देशन गर्दै आएका कृष्ण रसालले यो भिडियोमा कोरियोग्राफी गरेका छन् । छोड सताउन गीतको भिडियोलाई छायांकन, सम्पादन तथा रंग संयोजन राजेन्द्र पाण्डेले गरेका हुन् ।