अनिताले गरिन् ‘पी आर’ को प्रलोभनमा पर्नेहरुलाई ब्यंग्य (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: बसन्त थापा र अनिता चलाउनेको स्वरमा नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । ‘बिदेशको पिआर’ बोलको लोक तथा दोहोरि गीतमा संगीत पनि बसन्तले नै दिएका छन् । गीतमा प्रल्हाद सुवेदीको शब्द छ भने गीतको एरेन्ज आशिष अबिरलले गरेका हुन् । भिडियोमा मोडल दुर्गेश थापा र सोनिकाको नृत्य देख्न सकिन्छ । साथै कलाकार राजाराम पौडेलेको पनि भिडियोमा अभिनय देख्न सकिन्छ । भिडियोले यो समाचार तयार पार्दा सम्म ७ लाख ११ हजार भन्दा बढी भिउज पाई सकेको छ भने भिडियोलाइ २४ हजार भन्दा बढीले लाईक गरेका छन् ।भने, ११ सयले डिस्लाइक गरेका छन् भिडियोमा १३ सय भन्दा बढीले कमेन्ट गरेका छन् ।

गीतमा ‘पी आर’को प्रलोभनमा पर्नेहरुलाई ब्यंग्य गरेको देखिन्छ । बब्बु थापाको निर्देशनमा बनेको भिडियोमा कोरियोग्राफी मौसम हिमालीको छ भने क्यामेरामा अजय रेग्मी छन् । भिडियो सम्पादन प्रविण भट्टले गरेका छन् ।