आशुतोष र अन्जुको कसम (भिडियो)


काठमाडौँ। गायक आशुतोष राईको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। रायन राईको शब्द रचना रहेको गीतमा आशुतोष राईको संगीत रहेको छ। ”तिम्ले छोडी गयौं भने बाँच्नु म कसरी,दुनियाँको सामु एक्लै हाँसु म कसरी।” मर्मश्पर्शी शब्द रहेको गीतको भिडियोको निर्देशन आशुतोष राईले गरेका हुन्।

भिडियोमा आशुतोष राई र अन्जु खड्का फिचर्ड छन्। अमृत सुनुवारको डिओपी र बिनोद लामाको छायांकन रहेको छ। भिडियोको सम्पादन मनोज कार्कीले गरेका छन् भिडियोमा कोरियोग्राफी गम्भीर बिस्टको रहेको छ। भिडियो आशुतोष राईको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।