पुर्णिमाले मच्चाईन बहराइनमा साँगितिक धमाका


काठमाडौँ। लोकप्रिय गायिका पुर्णिमा लामा साँगितिक कार्यक्रमको सिलसिलामा साँगितिक धमाका मच्चाउन बहराइन पुगेकी थिईन । मे दुइ तारिखका दिन म्याग्दी प्रवासी नेपाली संघ (मोना ) बहराइन द्वारा आयोजित मोना साँगितिक साँझ कार्यक्रममा आफ्नो प्रस्तुती दिन गायिका लामा बहराइन पुगेकी हुन् । बहराइनको डेल्मोन इन्टरनेस्नल होटेल मनमा बहराइनमा आयोजना गरिएको उक्त कार्यक्रममा गायिका पुर्णिमा लामाले साँगितिक धमाका मच्चाइन ।

लामाको प्रस्तुतिमा बहराइनलाई कर्म थलो बनाई बसेका प्रवासी नेपालीहरु निक्कै खुसीका साथ साँगितिक माहोल तताइरहेका थिए । म्याग्दी प्रवासी संघ ( मोना) बहराइनको निमन्त्रणामा गायिका पुर्णिमा लामा सहित गायक सम्भोज मल्ल, गायक प्रकाश दुतराज र मोडल अस्मि थापा पनि बहराइन पुगेका थिए । गायिका पुर्णिमा लामाको बिदेश साँगितिक धमाका यो पहिलो भने होइन। उनले हङकङ , कोरिया , दुबई, कतार, मलेसिया लगायत एक दर्जन भन्दा बढी देशहरुमा पुगि आफ्नो साँगितिक प्रस्तुती सफलताका साथ सम्पन्न गरि सकेकी छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.