गीतकार अधिकारीको गीतमा आश्मा र सरोज


काठमाडौं। गीतकार तारा अधिकारीको नयाँ गीत ‘जे पायो त्यही’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार अधिकारीको रचना रहेको गीतमा लेखु सहयात्रीको संगीतमा आशिष अबिरल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

म्युजिक भिडियोमा आष्मा विश्वकर्मा, सरोज अधिकारी र बिजय अधिकारी (कार्टुन क्रु) फिचर्ड छन् । शान थापाको निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको छ भने कोरियोग्राफी राजिव समरको रहेको छ । भिडियो सुनौलो तारा मोसन पिक्चर्सको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.