चलचित्र ‘सतीदेवी’ को प्रदर्शन मिति घोषणा, साउन ४ गतेबाट देशब्यापी प्रदर्शनमा आउने


काठमाडौँ। लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को रिलिज मिति घोषणा गरिएको छ। नारीप्रधान चलचित्र ‘सतीदेवी’ साउन ४ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ।

बाबु र छोरीहरु बीचको मिहीन स्नेह,सम्बन्धको आरोहअवरोह तथा समाजको सतही अनि कुसोचको प्रक्षेपण यस चलचित्रले बोल्ने लेखक तथा निर्देशक सुवेदीले बताए। चलचित्रले नारीको कथालाई निकै गम्भीरताको साथ प्रस्तुत गरेको छ।

नारीको कथा बोल्ने चलचित्रमा मलिका महत, रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी,तुलसी श्रेष्ठ,इश्वरी सिंह,संदेश लिम्बु,पवन केसी,जगदीश अधिकारी लगायतको अभिनय रहेको छ । दिलासा र साराको प्रस्तुती रहेको फिल्मको निर्माताका श्रीदेवी,दिलासा र सारा सुवेदी छन् ।

दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको चलचित्रमा निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद रहेको छ । बाबु श्रेष्ठले छायांकन गरेको चलचित्रमा दीपक शर्मा र सुवास भुसालको संगीत छ, भने रामजी लामिछानेको कोरियोग्राफी छ । काठमाडौँ र लमजुङ,तनहुँ कास्की र काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भएको चलचित्रले हालै सम्पन्न नेपाल ग्रामीण चलचित्र महोत्सवमा सर्वोत्कृष्ट पटकथा,सर्वोत्कृष्ट चलचित्र र अभिनेत्रीले जुरी अवार्ड जित्न सफल भएको थियो। सौराहा दक्षिण एशियाली फिल्म फेस्टिभलमा शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक र सर्वोत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल भएको थियो।

चलचित्र वितरण उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यका बाहिर एफडि कम्पनीले गर्नेछ। चलचित्रको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.