साउथ फिल्मका एक्जुकेटिभ प्रोड्युसर राजेन्द्र घिमिरे अभिनयमा पनि जम्दै


काठमाडौँ। पोखरा आस पासका क्षेत्रमा धमाधम सुटिङ भईरहेको पान ईन्डिया फिल्म ‘सत्य मगला’ मा निर्माता राजेन्द्र घिमिरेले पनि अभिनय गरेका छन् । थुप्रै दक्षिण भारतिय फिल्महरु नेपाल ल्याएर सुटिङ गराउने घिमिरेले हाल सालै मात्र कमल हसनको ‘इन्डियन-२’ को काम सकेका छन् । लाइन प्रोड्युसरको रुपमा काम गर्दा गर्दै एक्जुकेटिभ प्रोड्युसर बनेका राजेन्द्र घिमिरे अब साउथ इन्डियन फिल्म तमिल, तेलगु, मल्यालम र मराठि फिल्ममा अभिनय पनि जम्न थालेका छन् ।

निर्देशकहरु आर्यन ,स्टीभन एम.जोशिश र नेपाल सेड्युलका को- डाइरेक्टर जनक दीप पराजुली रहेको ‘सत्य मगला’ नेपाल लगायत भारत ,श्रीलंका तथा थाइल्यान्डमा सुटिङ हुनेछ।

दक्षिण भारतिय कलाकारहरु प्रभु देभा, आर्यन ,शंकर , शाहि तन्शिखा ,राजेन्द्र घिमिरे र पोखराका सोनिया आरएल शाही र आरोही आरएल लगायतले अभिनय गरेका छन ।

एक्जुकेटिभ प्रोड्युसर तथा कलाकार राजेन्द्र घिमिरेका अनुसार यो फिल्म डिसेम्बर महिनामा रिलिज हुनेछ। दक्षिण भारतिय अन्य ३ फिल्महरु नेपालमा ल्याएर सुटिङ गराउने तयारी गरि रहेका घिमिरे र नेपालका निर्देशक जनक दीप पराजुली व्यावसायिक साझेदार र अभिन्न मित्र पनि हुन् । घिमिरेले बिगत दुई दशक देखि भारत र नेपालमा छायांकनको प्रबन्ध मिलाउदै आई रहेका छन्। नेपालमा बिदेशी फिल्महरुको छायांकन हुनुमा घिमिरेको ठुलो योगदान रहेको छ। नेपालमा बिदेशी फिल्म छायांकनले गर्दा नेपालमा आउने पर्यटकको संख्यामा पनि बृद्दी हुनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.