अरुण प्रधानले लन्डनमा छायांकन गरेको भिडियो सार्वजनिक


काठमाडौँ। गोर्खा वारियरको प्रिमियरमा सहभागी हुन लण्डन पुगेको मौकामा निर्देशक अरुण प्रधानले म्युजिक भिडियो निर्देशन समेत गर्न भ्याए। उनको निर्देशनमा बनेको भिडियो हालै मात्र सार्वजनिक गरिएको छ। ‘भाव नहि देति है’ बोलको हिन्दि गीतको भिडियो वेव म्युजिकको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो।

भारतिय चलचित्रहरुको छयांकन हुने लण्डनको मुख्य मुख्य पर्यटकीय स्थल बिग बेन, लण्डन आई, वेस्टमिनिस्टर, लण्डन ब्रीज, Trafalgar Square, चाईना टाउन लागायतको स्थानमा उक्त गीतको छयांकन गरिएको हो । सार्वजनिक गीतमा स्वर भारतिय गायक/गायिका माही राव र खुशबु तिवारिको रहेको छ ।

सार्वजनिक भिडियोमा नेपाली मुलकी लन्डन निवासी मोडल तथा नायिका सृजना निङ्लेखु र लन्डनमा नै बसोबास गर्ने बिकेस राज बस्नेतले अभिनय गरेका छन् । सृजनाले नेपालमा रहँदा प्रधानको निर्देशनमा बनेको याख्खा भाषाको चलचित्र “ओम्ला” मा अभिनय गरेकी थिइन् । जुन चलचित्रले अमेरिकाको न्युयोर्कमा सन् २०१८ मा सम्पन्न निफ अवार्डमा बेस्ट डाईरेक्टरको अवार्ड जितेको थियो । एआर लण्डन ईन्टरटेनमेन्टको ब्यानरमा रोनुस ओझाको प्रस्तुतिमा निर्माण भएको भिडियो निर्माण संयोजक सलुना गुरुङ रहेकी छन् भने लन्डन निवासी आशिष श्रेष्ठको छ्यांकन, कार्तिक राजवंशीको सम्पादन रहेको छ । सार्वजनिक गीतमा शब्द बिट्टु विद्यार्थी र सन्नी वर्माको र संगीत अजय वर्माको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.