बाल्यकालका स्मृति अनिलको नयाँ गीत ‘सम्झ त्यो दिन’ (भिडियो)


काठमाडौँ। बाल्यकालका स्मृतिलाई समेटेर गायक अनिल सिंह अधिकारीले ‘सम्झ त्यो दिन’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीतमा अधिकारीले गीतलाई सार्वजनिक गरेका हुन् ।

गीतमा जस्तै गीतको भिडियोमा उनले बाल्यकालमा खेलिने टालाटुली, रुमाल लुकाइ लगायत खेलेको स्मरण गरेका छन् । बाल्यकालका साथीहरूसँग बिताएको रमाइलो पललाई उनले पछि युवा अवस्थामा सम्झिएका हुन् ।

साथी भुवन विदेशबाट आएर केशवलाई फोन गरेपछि भिडियो सुरु गरिएको छ । भिडियोमा केशव ट्याक्सी ड्राइभरको भूमिकामा दिएका छन् । ‘हामीले खेल्ने भाँडाकुटी याद छ कि छैन, चंगा उडाइ खेलेको नी याद छ कि छैन, सम्झ त्यो दिन’ गीतमा भनिएको छ ।

गीतमा साथी भुवनले स्मितालाई बाल्यकालमा प्रेम पत्र पठाएको पनि सम्झिएका छन् । र अन्तिममा भुवन विदेश नफर्कने सोच बनाएको समेत भिडियोमा देख्न सकिन्छ ।

गीतको रेकर्ड, निर्माण तथा गीतारमा मानश्वी मालाकारले भूमिका खेलेकी छन् भने भिडियोको निर्देशन मानव सुवेदीले गरेका छन् । भिडियो इडिटिङमा सौरभ लामिछाने, पोस्टर आर्टमा प्रइभ श्रेष्ठ र अनमोल अधिकारीले गरेका छन् ।

भिडियोमा विवेक खड्का, भावना उप्रेती, सुदीप पटेल र राजन न्यौपाने फिचर्ड छन् । साथै आहाना सिंह अधिकारी, सफल काफ्ले, आयांश मैनाली, दिनश मैनाली,प्रभात प्रसाई, सुनिना काफ्ले र पवित्रा प्रसाईले बाल कलाकारको रुपमा भूमिका निभाएका छन् । गीतको कार्यकारी निर्मातामा कमला बस्नेत छिन् ।