‘इन्डियन २’ को छायांकन सेटमा दुर्घटना हुँदा ३ जनाको निधन


सेलिब्रेटी नेपाल

सेलिब्रेटी नेपाल:‘इन्डियन २’को छायांकन सेटमा क्रेन दुर्घटनामा परेर चलचित्र यूनिटका ३ जनाको निधन भएको छ । जसमा, ९ जना घाइते भएका छन् । छायांकनका क्रममा क्रेन लड्दा ३ जनाको निधन भएको लाइन प्रोडुसर राजेन्द्र घिमिरेले जानकारी दिए ।

निधन भएका ३ जना यूनिटका परिवारलाई आर्थिक सहयोग दिने घोषणा यसका मुख्य कलाकार कमल हसनले गरेका छन् । उनले ३ जनाको परिवारलाई १ करोड आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् । यसका साथै, कमल हसनले घाइते भएका अन्य सदस्यहरुको पनि हालखबर वुझिहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

कमलले ट्विट गर्दै लेखेका छन्–‘मलाई मेरा ३ जना साथीहरु गुमाउनु पर्दा दुःख लागेको छ । म भन्दा कैयौ दुखी घटनामा निधन भएका सदस्यहरुको परिवारलाई परेको छ । म उनीहरुको दुःखमा साथ दिन चाहन्छु ।’कमल हसन र काजलको मुख्य भूमिका रहेको फिल्मको छायाँकन यति बेला भारतको विभिन्न स्थानहरुमा भई रहेको थियो ।