‘पुष्पा-२’ को नयाँ टिजर अल्लु अर्जुनको फरक लुक्स


काठमाडौँ। यस वर्षको प्रतिक्षित भारतीय सिनेमा ‘पुष्पा- द रुल’ले नयाँ टिजर सार्वजनिक गरेको छ। सिनेमाका शीर्ष अभिनेता अल्लु अर्जुनको जन्मदिनको अवसरमा सिनेमाको टिजर सार्वजनिक गरिएको हो।

करिब १ मिनेट ८ सेकण्ड लामो टिजरमा अल्लुलाई आफ्नो पहिलो भागभन्दा बिल्कुलै फरक अवतारमा प्रस्तुत गरिएको छ। टिजरमा पुष्पालाई एक्सन गर्दै गरेको देख्न सकिन्छ।

आफ्नो स्टाइलपूर्ण अभिनयका लागि प्रशंसकमाझ चर्चित अल्लुको यो सिनेमामा १५ अगस्टमा रिलिज हुँदैछ। सिनेमाले अघिल्लो संस्करणले गरेको ३ सय ७३ करोड भारुको कमाइलाई सहजै तोड्ने अनुमान गर्दै आइएको छ।

सुकुमारको निर्देशनमा बनेको सिनेमामा अल्लुका अलावा रश्मिका मन्दाना तथा फाहद फासिलको प्रमुख भूमिका रहनेछ। अघिल्लो सिक्वल भन्दा यो सिक्वल मेकिङका हिसाबले अझ उच्च रहने जनाइएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.