विकु लामाको गीत ‘सुनको सिक्री’ सार्वजनिक (भिडियो)


काठमाडौँ। साहित्यकार तथा गीतकार विकु लामाको ‘सुनको सिक्री’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । रघुजी फ्ल्म्सिको प्रस्तुती रहेको गीतको म्युजिक भिडियो विहिबार साँझ ओएसआर डिजिटलको युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतकार लामाको शब्द तथा निर्माण रहेको ‘सुनको सिक्री’ गीतमा चर्चित गायक सुरेश लामाको स्वर रहेको छ भने संगित धनु ग्यान्ग्मीको रहेको छ । उत्तम प्रसाद अधिकारीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा तलिसा गुरुङ, नुप गुरुङ र सोनाक्षी महतको अभिनय हेर्न सकिन्छ । रणधीर श्रेष्ठले छायाँकन गरेको भिडियोको सम्पादन अनुभवी सम्पादक धुर्बराज पराजुलीले गरेका हुन्। भिडियोमा कोरियोग्राफी सुरेश पाण्डेको रहेको छ। सुन्दर र रमणीय दृश्यहरु समाबेश भिडियो आकर्षक बनेको छ।

विगत लामो समयदेखि देशका विकट गाँउमा रहेका विद्यालयहरुमा पुस्तकालय स्थापना गर्ने अभियानमा लागिरहेका लामाका ‘मृत्यु बिर्सिनेहरु’ र ‘सपनाको ट्रान्जिटमा’ कबिता संग्रह तथा ‘सोइनम’ यात्रा संग्रह प्रकाशित भईसकेका छन् ।