५ सय करोड कमाएको सिनेमाकी हिरोइनको सिनेमालाई ५ करोड कटाउन धौ धौ


धेरैलाई आश्चर्यमा पार्दै ५ सय करोड भारु कमाइ गरेको सिनेमाकी मुख्य अभिनेत्री अदा शर्माको पछिल्लो रिलिज भने वक्सअफिसमा संघर्षरतः बनेको छ।

उनी अभिनित पछिल्लो रिलिज ‘द केरल स्टोरी’ले वक्सअफिसमा ५ सय करोड भारु कमाइ गरेको थियो भने हालै रिलिज भएको ‘बस्तरः द नक्सल स्टोरी’ले रिलिजको चौथो दिन आइपुग्दा केवल दुई करोड २५ लाख रुपैयाँ मात्र कमाइ गरेको छ।

विपुल अमृतलाल शाह निर्मित सिनेमालाई सुदीप्तो सेनले निर्देशन गरेका हुन्।

उनीहरुले एकसाथ ‘द केरल स्टोरी’मा काम गरेका थिए।

Bastar: The Naxal Story Movie MP4 Download 2024

सिनेमाले रिलिजको पहिलो दिन ४० लाख कमाइ गर्दा दोश्रो दिन शनिबार ७५ लाख कमाइ गर्‍यो भने तेश्रो दिन आइतबार सिनेमाको कमाइ ७५ लाख छ। यस्तै सिनेमाले सोमबाट चौथो दिन २५ कमाइ गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

पछिल्लो समय भारतमा चर्किएको राष्ट्रवादको लहरले सिनेमाले रामर। दर्शक पाउने अनुमान गरिएको थियो। भारतमा छत्तिसगढ लगायतका राज्यमा जारी माओवादी विद्रोहलाई आतंकवादी क्रियाकलाप अन्तरगत राखिने गरेको छ।

सिनेमालाई दर्शक तथा समीक्षक दुबैले अस्वीकार गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.