हलमा केकीको ‘बोक्सीको घर’ र आयुषको ‘रुस्लान’


शुक्रबारबाट नेपाली वक्सअफिसमा दुई नयाँ सिनेमा ‘बोक्सीको घर’ र बलिउड सिनेमा ‘रुस्लान’ रिलिज भएका छन्।

केकी अधिकारी निर्मित सिनेमाले नेपाली समाजमा समाजका अबला नारीमाथि बोक्सीका नाममा गरिने सामाजिक अन्यायको कथा पेस गर्छ। हरर मिस्ट्री जनरा अन्तरगत राखिएको सिनेमामा केकीको साथमा सुलक्षण भारती, स्वेच्छा राउत, शुपला सापकोटा र रमा थपलिया मुख्य भूमिकामा छन् ।

सुलक्षण भारती सिनेमाका निर्देशक हुन्।

 

यस्तै,एक्सन जनरामा निर्माण भएको बलिउड सिनेमामा आयुष शर्मा, सुश्री श्रेया मिश्रा, जगपत्ति बाबु र विद्या मालवाडेको प्रमुख भूमिका रहेको छ।

सिनेमालाई करन ललित भुटानीले निर्देशन गरेका हुन्।

Copyright © 2012 - 2026 | All Right Reserved.