केकीको चलचित्र ‘बोक्सीको घर’ प्रदर्शनमा


काठमाडौँ। फ्राइडे रिलिजअन्तर्गत आजबाट अभिनेत्री केकी अधिकारीको अभिनय र निर्माण रहेको चलचित्र ‘बोक्सीको घर’ प्रदर्शनमा आएको छ । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको सिनेमा केकी अधिकारी फिल्मस्ले निर्माण गरेको हो। सिनेमाको निर्मातामा केकीका बाबु बद्री अधिकारी छन् । यस्तै कार्यकारी निर्माता राज घिमिरे हुन् ।

सिनेमामा केकीको मुख्य भूमिका छ। उनका अलावा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन, लोकेश बज्राचार्यको सम्पादन छ ।

प्रिमियरमा सिनेमालाई राम्रो प्रतिक्रिया मिलेकोले दर्शकले पनि सिनेमा रुचाउने विश्वास गरिएको छ ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.