‘मनसरा’ निर्देशकलाई यसपटक टाउको दुखेको छैन्


कवि हुँदै सिनेमा लेखन र सिनेमा लेखनपछि ‘जारी’बाट निर्देशकमा डेब्यू भएका उपेन्द्र सुब्बा सो सिनेमालाई पचास प्रतिशत मात्रै दिन्छन्।

भन्छन्- तर मेरो लेखाइमाचाँहि बडो सुन्दर थियो।

उनी ‘जारी’को पहिलो कट हेरेर घोरिएको घोरियैं भएका थिए।

लेखाइमा बडो सुन्दर, दृश्यको खिचाइमा उनलाई (अ)सुन्दर लाग्यो। फस्ट कट हेरेर उनको टाउको दुख्यो।

उनी छट्पटिए।

‘जे सोचेर लेखें त्यति नै खिचेर नआको महशुस भयो। जस्तो मत लेखक न हो लेखिरहेको मान्छे , जब फुटेजहरु हेरें नि आम्मामा……  निमेश जीले पहिलो ड्राफ्ट काट्नु भाको थियो। त्यो हेरें’, उनले त्यो क्षण सम्झिदैं भने,’त्यसपछि घोरिदांघोरिदा टाउको दुखेर छटपटिएर।’

थप सम्पादन र केही त्रुटिहरुमा सुधार भएपछि उनले राहत महशुस गरे।

‘अलिक हेर्नुहुनेजस्तो भयो। अलिकति बनायौं तर मैले चाहेजस्तोचाँहि बनाएको होइन’, उनले भने।

त्यसैले उनले आफूलाई स्वमूल्यांकन गरेर मध्यम सेकेण्ड डिभिजनको मार्कसिट थमाएका हुन्।

तर दर्शक र समीक्षकले भने सिनेमालाई उपल्लो डिस्टिङ्सनको मार्कसिट थमाए। वक्सअफिसमा दयाहाङ राई र मिरुना मगर अभिनित सिनेमामाले निर्देशक उपेन्द्रलाई स्वप्न नतिजा दियो।

यो नतिजाले जिजभिषामा संघर्षरतः सुब्बालाई यो शहरमा खाँबो गडाउने काम गरिदिएको छ। यो त विगत भयो।

No photo description available.

सिनेमा अखबारको समाचार जस्तै हो आजको ताजा समाचार आज नै भोलिको लागि हिजोकोले जोहो नहुनेजस्तै अर्को ताजा कथा नै चाहिन्छ।

यो बैशाख २१ गते उनी फेरि एउटा अर्को ताजा सिनेमा बोकेर दर्शक अल्झाउन आउँदैछन्।

सिनेमालाई लिएर उनी बडो आशावादी छन्।

डेब्यू सिनेमाको गल्ती यसमा दोहोर्‍याएका छैनन्।

अर्थात थप परिकृत निर्देशकका रुपमा ‘मनसरा’ले दर्शकसामु उपेन्द्रलाई उभ्याउनेछ।

‘कति कल्पना गर्न सकिदों रहेछ र कति काम गर्न सकिदो रहेछ। केके पावन्दी रछ, केके कुराहरुमाचाँहि जोगिनुपर्ने रछ। मुडहरु, इमोशनहरुको ग्राफहरु कसरी बढ्दो रहेछ। यी कुराहरु सिकें।’

‘मनसरा’ हेरेर आफू यसपटक आफू अल्झिन सकेको उनको भनाइ  छ। अघिल्लोपटक जस्तो हेरेकोहेर्यौं भएर टाउको नदुखेकोले उनी सिनेमाप्रति ढुक्क भएका हुन्।

उपेन्द्रको यो आत्मविश्वासले उनले फेरि बलियो सिनेमामा पर्दामा पेस गर्दैछन् भन्ने आशा राख्न सकिन्छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.