‘बन्टी और बब्ली’ को सिक्वेल बन्ने, रानी मुखर्जी दोहोरिने


सेलिब्रेटी नेपाल

एजेन्सी: एक दशक भन्दा अघिको सफल फिल्म ‘बन्टी और बब्ली’ को सिक्वेल बन्ने भएको छ । मिडिया रिपोर्टका अनुसार यस फिल्ममा अभिनेत्री रानी मुखर्जीले प्रमुख भुमिका निर्वाह गर्नेछिन् । पछिल्लो समय एकपछि अर्को फिल्ममा व्यस्त रहेकी रानीले यस फिल्मको सुटिङ जनवरी, २०२० बाट सुरु गर्ने बताइएको छ । यस फिल्ममा सेफ अली खानको पनि भुमिका रहने मिडिया रिपोर्टका उल्लेख छ ।

बन्टी और बब्ली फिल्ममा अभिषेक बच्चन र रानीको मुख्य भूमिका रहेको थियो । ‘मर्दानी २’ को प्रचारमा व्यस्त रहेकी रानीले अब छिट्टै ‘बन्टी और बब्ली’ को सिक्वेलको काम सुरु हुने बताएकी छिन् ।