‘माइती घर’का नायक सिपी लोहनीको निधन


काठमाडौँ । गायक तथा नायक सिपी लोहनीको निधन भएको छ । ८६ वर्षका लोहनीको सोमबार काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

निमुनिया सम्बन्धी समस्याका कारण लोहनीलाई एक साता अगाडि अस्पताल भर्ना गरिएको थियो । थुप्रै गीतका गायक लोहनी निजी क्षेत्रको पहिलो चलचित्र ‘माइतीघर’का नायक पनि हुन् । आजै पशुपति आर्यघाटमा दाह संस्कार गरिने पनि निरौलाले जानकारी दिए ।