‘दान्भी’ असार ७ मा रिलिज हुने


काठमाडौँ। जेठ १० गतेबाट पोस्टपोन्ड भएको फिल्म ‘दान्भी’को नयाँ प्रदर्शन मिति तोकिएको छ । अब यो फिल्म असारको ७ गतेबाट रिलिजमा आउने भएको छ ।

वितरक करण श्रेष्ठ र निर्माताहरुको छलफलपछि यो मिति तय गरिएको निर्देशक रुपेश तामाङले जानकारी दिएका छन् । यो फिल्ममा नायिका पूजा शर्मा केन्द्रिय भूमिकामा छिन् । उनको साथमा फिल्ममा नव–नायक कुन्साङ बोमजोमको मुख्य भूमिका छ ।

देव मगर र अनुप गडाल निर्माता रहेको यो फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन् । फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन् । फिल्म ‘दान्भी’को टिजर गतबर्ष नै रिलिज गरिएको थियो ।