‘दादासाहेब फाल्के चित्रनगरी (फिल्म सिटी)’ मा सत्यराज को ‘बिच्छेद’ सर्वोत्कृष्ट


काठमाडौँ। सत्यराज चौलागाई निर्देशित फिल्म ‘बिच्छेद’ले सर्वोत्कृष्ट फिचर फिल्म ‘दादासाहेब फाल्के चित्रनगरी (फिल्म सिटी) २०२४ ’ मा पुरस्कार जितेको छ । मुम्बईको वेदा कुनब थिएटर, चिन्ता टावरमा सम्पन्न उक्त कार्यक्रममा अवार्ड लिन चलचित्रकी निर्मात्री साबित्री बज्राचार्य मुम्बई पुगेकी थिइन । बज्राचार्यले दादासाहेब फाल्के चित्रनगरी (फिल्म सिटी) का जुरी, आयोजकलाई धन्यवाद दिँदै प्राप्त भएको अवार्डको खुसी सामाजिक सञ्जाल मार्फत सबैमाझ साटेकी छन्।

मुकुन भुसाल र लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको फिल्ममा हिउँवाला गौतम, लय सङ्ग्रौला, प्रिया रिजाल, सुष्मा निरौला, जीवन थापा, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जयराम सापकोटा आदिको अभिनय छ ।

सामाजिक विषयमा बनेको फिल्म ‘बिच्छेद’ को निर्मातामा राज कुमार पण्डित, दिमेश श्रेष्ठ, सुवास राई र सावित्री बज्राचार्य छन् भने सह-निर्मातामा सन्तोस गिरी र प्रविन राजथला छन् । नविन पुरीले प्रोडक्शन डिजाइन गरेको फिल्म मा भुपेन्द्र अधिकारीको सम्पादन, समीर मियाको भिएफएक्स, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर तथा रेनिश फागोको कलर ग्रेडिङ छ ।

फिल्मले गत हप्ता रामेछापमा सम्पन्न ‘तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव २०८०’ मा सर्वोत्कृष्ट छायांकार र सर्वोत्कृष्ट चलचित्र जुरी अवार्ड गरी दुई वटा अवार्ड जित्न सफल बनेको थियो ।