आलियालाई हलिउडबाट पनि अफर

सेलिब्रेटी नेपाल

एजेन्सी: पछिल्लो समय अभिनेत्री आलिया भट्टलाई फिल्मको अफर निकै नै आइ रहेको छ । उनीलाई अफर अफरै आइरहेका छन् । उनलाई अब बलिउडबाट मात्र नभइ हलिउडबाट पनि अफर आएको छ ।

मिडिया रिपोर्टका अनुसार दीपिका, प्रियंका र ऐश्वर्यापछि उनले हलिउडमा डेब्यु गर्ने चर्चित अभिनेत्रीको सुचीमा पर्दैछिन् । फिल्म सडक २, आरआरआर, ब्रम्हास्त्र, गंगुबाली कथियावाडीमा उनी व्यस्त रहेकी छिन् । उनलाई कुन फिल्मका लागि अफर गरिएको त्यसबारे भने केही खुलाइएको छैन ।

पछिल्लो समय बलिउड अभिनेत्रीहरु हलिउड फिल्ममा सक्रिय हुन थालेका छन् । अर्की अभिनेत्री हुमा कुरेसीले पनि हलिउडमा डेब्यु गर्दैछिन् । उनले ज्याक सनाइडरको आर्मी अफ द डेढमा काम गर्न लागेकी हुन् ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३