स्थानीय जात्रामा खजुरे ब्रो टिम (फोटो फिचर)


काठमाडौँ। नेपाली कला संस्कृति जोगाउने हामी सबैको दायित्व हो। नयाँ पुस्ता पुरानो संस्कृति बचाउनतिर तल्लीन हुन जरुरी छ। त्यसैले पनि सीतापाइला राम कोटमा ७७ बर्ष अघि देखि निरन्तर हुँदै आइरहेको हरिसिद्दी जात्रामा चलचित्र ‘खजुरे ब्रो’को टिम सहभागी भएको थियो। टिमले जात्रामा नौलो अनुभव पनि गर्यो र बैशाख २८ गतेबाट प्रदर्शनमा आउने चलचित्रको प्रचार प्रसार पनि गर्यो।

चलचित्रको प्रचार फरक शैली र आफ्नो स्थानीय जात्रामा आफ्नो चलचित्रको बारेमा अरुलाई बुझाउने उदेश्यले जात्रामा सहभागी भएको निर्माता तथा कलाकार नबिन मानन्धरले बताए। चलचित्रका कलाकारहरु महेश त्रिपाठी,प्रकाश भुजेल,मनिष राउत संगै निर्माण टिम सहभागी थिए। स्थानीय जात्रामा संस्कृतिको रक्षा संगै नेपाली कला क्षेत्रको प्रवर्दन पनि गरिएको हो।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको सिनेमा ‘खजुरे ब्रो’ का निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुन्। सुनील श्रेष्ठ,अनिल मानन्धर र पिकेश मानन्धर यसका सहनिर्माता हुन्।

डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’मा शिशिर विशंखेको छायाँकन रहेको छ भने सम्पादक मित्र डि गुरुङ हुन्। सिनेमामा अनमोल गुरुङको संगीत रहेको छ। सिनेमालाई रोहित तथा रत्नको आरआर फिल्मस्ले वितरण गर्दैछ।

फिल्ममा नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापा, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत,,प्रेम सुब्बा,सुजाता राई,दिप चन्द्र राई लगायतका कलाकारहरुको अभिनय रहेको छ। निर्देशक सुरज सुनुवारको लेखन तथा निर्देशनमा बनेको चलचित्रको सार्वजनिक गीत र टिजरले दर्शकमाझ कौतुहलता जगाई रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.