‘आम नागरिक’ को जब तिमीसँग मिठो प्यार रेकर्डिङ




काठमाडौं ।
नयाँ फिल्म ‘आम नागरिक’ को गीत रेकर्डिङ सुरु भएको छ । बिनयराज पौडेलको डेब्यु निर्देशनमा बन्ने फिल्मको ‘जब तिमीसँग मिठो प्यार..’ बोलको गीत बुधबार अनामनगरस्थित ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो । डा.भोला रिजालले लेखेको गीतमा पवित्रा परियारको स्वर र अर्जुन पोखरेलको संगीत छ । क्षित बाबु प्रोडक्सन हाउसको व्यानरमा बन्ने फिल्मको प्रस्तुतकर्ता अभिनेता पुस्कर राउत हुन् ।

केही समयअघि सार्वजनीक गरिएको फिल्मको फर्स्टलुक पोस्टरले चर्चा पाइरहेको बेलामा निर्माण युनीटले गीत रेकर्डिङ कार्य अघि बढाएको हो । उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल निर्माता रहेको फिल्मको छायांकन केही सातामै सुरु हुने बताइन्छ । हाल फिल्मका प्रमुख कलाकार तथा प्राबिधिक चयन कार्य जारी रहेको जानकारी निर्देशक बिनयले दिएका छन् । निर्देशक बिनयकै लेखन रहेको फिल्म राष्ट्रबादी कथामा रहेको बताइन्छ ।