‘घरज्वाइँ’ को पोस्टरमा दुई फरक लुक्समा दयाहाङ र मिरुना


काठमाडौं । मगर संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’ को पोस्टर सार्वजनीक गरिएको छ । अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण गरेको फिल्मका दुई डिजाइनका पोस्टर मध्ये एउटामा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर बोराको भारी बोकिरहेको देखिन्छ भने अर्को डिजाइनमा दयाहाङ,मिरुनालगायत फिल्मका सबै प्रमुख कलाकारलाई समेटिएको छ ।

फिल्मको केही साता अघि सार्वजनीक क्यारेक्टर लुक्सले चर्चा पाइरहदै गर्दा बुधबार अफिसियल फर्स्टलुक दर्शकमाझ ल्याइएको हो ।
पूर्वी रुकुम आसपारमा करिव एक महिना छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा,संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले साथ दिएका छन् ।

जिएम मुभीजको ब्यानरमा निर्माण भएको फिल्म सुसन प्रजापतिले खिचेका हुन । फिल्मका गीतमा हर्क साउद र मनोज थापाको शब्द,संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने फिल्मको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएम,अष्ट्रेलियाले अन्तरास्ट्रिय प्रदर्शन अधिकार लिइसकेको छ । फिल्मलाई नेपाल बितरण आर आर फिल्मसले गर्दैछ ।

असार २८ गते प्रदर्शन हुने ‘घरज्वाइँ’ मा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ,पुष्कर गुरुङ,शिशिर बाङ्देल,भोलाराज सापकोटा,खड्कबहादुर पुन ९खबपु०,राज थापा,कविता आले,शिला आले,अनु थापा,बिना थापा मगर,सोनाम लामा,बिबेश बुढा मगर,सुनिल मगरले अभिनय गरेका छ्न ।