शिवसागरको ‘म भोलि जाँदैछु’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक शिवसागर खड्काको ‘म भोलि जाँदैछु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। टेक खत्रिको शब्दलाई टप्पक टिपेर अनिल सिमालीले गीतको संगीत गरेका हुन् । पुरुषोतम न्यौपानेको संगीत संयोजनमा रहेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन बिशाल नेपालीले गरेका छन्।

भिडियोमा कलाकारहरु अञ्जली अधिकारी, टेक अत्रि र डीएन श्रेष्ठले मोडलिङ गरेका छन्। भिडियोको छायाँकन ज्ञानेन्द्र शर्मा हुमागाइँ र सम्पादन अमृत चापागाँईले गरेका छन् ।