‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत


काठमाडौं । सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको सिनेमाको निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो । उनको भूमिकाको बारेमा अहिलेसम्म कुनै जानकारी गराइएको छैन ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यस फिल्मको लेखक तथा निर्देशक सरोज पौडेल हुन् ।

निर्माण पक्षले यस अघि सिनेमाको नाम र थिम भिडियो सार्वजनिक गरेको थियो । जसमा फिल्मलाई विं.सं. २०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य सहित सार्वजनिक गरिएको मोसन पोस्टरबाट मौलिक कथा र कलात्मक प्रस्तुति रहने बुझ्न सकिन्छ ।

सिनेमामा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । प्रशान्त सिवाकोटीको संगीत रहने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहनेछ । सिनेमामा रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् ।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.