सुदिपको जापानी र नेपाली भाषा मिश्रित ‘ओउ ओउ ताकेया’ सार्वजनिक (भिडियो)


काठमाडौं । गायक सुदिप पन्तको जापानी र नेपाली भाषा मिश्रीत गीत ‘ओउ ओउ ताकेया’ सार्वजनिक गरिएको छ । लामो समय देखि जापान बस्दै आएका गायक पन्तको स्वरमा सजिएको गीतको शब्द पनि गायक पन्तले नै लेखेका हुन् । गीतको म्युजिक एरेन्ज रमेश कडरियाले गरेका छन् ।

गीतको म्युजिक भिडियो पनि निर्माण गरिएको छ । जसमा कलाकार रचना पन्त र केशव भट्टराईले अभिनय गरेका छन् । म्युजिक भिडियो गायकको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

ताकेया भनेको जापनिज केटीको नाम भएको भन्दै गायक पन्तले लामो समयपछि फेरि संगीतको दुनियाँमा फर्कन पाएकोमा खुशी ब्यक्त गरे । यसअघि उनको ‘बन्दिपुर पाखैमा बिर्सु भन्छ त्यो तिम्रो तस्बिर झलझली आखैमा’ बोलको गीत सार्वजनिक भइसकेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.