शेखर लामाको ‘चरिकोटे कान्छी’ मा मिथुन र सन्जु (भिडियो)


काठमाडौँ। शेखर लामाको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘चरिकोटे कान्छी’ बोलको गीतमा शब्द तथा संगीत शेखर लामाको रहेको छ। मिथुन बिजी र भिसन दोङ्गको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोलाइ अजय गोलेले छायाँकन तथा सुर्य लामाले सम्पादन गरेका छन्। दोलखा चरिकोटमा छायाँकन गरेको भिडियोमा मिथुन बिजी र सन्जु लामा फिचर्ड छन्। भिडियो भाइन भीमफेदीको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।