शालिकरामको ‘आऊ न कान्छी’सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौँ:संगीतकार शालिकराम घिमिरेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । शशि बिक्रम थापाको स्वर र शव्द रहेको गीतको भिडियो यु ट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा अभिसेक श्रेष्ठ र रेबिका गुरुङ फिचर्ड छन् । मिठो संगीत र मिठा शव्दले गीत कर्णप्रिय बनेको छ । भजनको बिधाबाट अगाडि आएका संगीतकार घिमिरे र गायक थापाको यो टिमले सुगम संगीतमा पनि सम्भावना राम्रो देखाएको छ । गीतको भिडियोलाइ निशान कस्यपले निर्देशन गरेका छन् भने बुद्ध थापाले छायांकन गरेका हुन् । भिडियोका कोरियोग्राफर सुरेन्द्र बसेल हुन् ।