रन र बेनिशाको ‘छड्के बुलाकी’ मा सागर र जुनाको रोमान्स (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौँ:गायक रन लामाको नयाँ गीत ‘छड्के बुलाकी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सार्बजनिक गीतमा गायक रन लामा र बेनिशा पौडेलको स्वर रहेको छ । म्युजिक भिडियोमा सागर लम्साल ‘बले’,जुना सुन्दास र सन्जिब राईलाइ फिचर्ड गरिएको छ ।

गायक रन लामाको अफिशियल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको उक्त गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ, भने मानशी किरणको संगीत संयोजन रहेको छ । मौसम हिमालीको कोरियोग्राफी रहेको गीतको भिडियोलाई निर्देशक सर्जुन राईले निर्देशन गरेका हुन् । भिडियोलाई अनिल के मानन्धरले छायाँकन गरेका हुन् भने शिलन लम्सालले सम्पादन गरेका हुन् ।