रचनाको ‘पर्खेर बसुँ’ सार्वजनिक (भिडियो)



सेलिब्रेटी नेपाल,काठमाडौँ। नेपाल आइडलबाट चर्चामा आएकी गायिका रचना रिमालको नयाँ गीत ‘पर्खेर बसुँ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । पुष्पा गिरीको शब्द तथा बल के न्यौपानेको संगीत रहेको छ। सार्वजनिक भिडियोमा बरुन लिम्बु र बेबो आचार्य फिचर्ड छन् ।

संचारकर्मी विशाल अर्यालको निर्देशनमा बनेको गीतको भिडियोलाई अमृत सुनुवारले छायांकन गरेका हुन् भने माधव बेलबासेले सम्पादन गरेका छन् । भिडियोमा वैदेशिक रोजगारीमा श्रीमान् गए पछि स्वदेशमा महिलाले भोग्नु पर्ने दुर्ब्यवारलाई उजागर गर्न खोजिएको छ। दुर्गा धिमालको निर्माणमा बनेको गीतको भिडियोलाई दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन्।