प्रमोद खरेलको आवाजमा आयो अर्को मार्मिक गीत


सेलिब्रेटी नेपाल काठमाडौँ
diya-rijal
गायक प्रमोद खरेलको आवाजमा रहेको गीत ‘काडाहरु झिके पनि’ भिडियो सार्वजनिक भएको छ। बियोगान्त कथाबस्तु समेटिएको यस गीतले दुई प्रेमीको बिछोडको कथालाई प्रस्तुत गरेको छ। माया प्रेममा बिछोड़ भोग्नु पर्दाको पिडा कस्तो हुन्छ र यस्तो अवस्थामा मानिसहरु कुन हालमा पुग्छन भन्ने कुरा यस गीतले प्रस्तुत गर्न खोजेको छ। यस गीतलाई धनु ज्ञान्ग्मी मगरले संगीत दिएको गीतमा सन्त तामांगको शब्द रचना रहेको छ। भिडियोमा दिया रिजाल, प्रदीप नेपाल र राम कृष्ण बस्नेतको अभिनय देख्न सकिन्छ।
pradeep-nepal-diya
सेलिब्रिटी नेपाल र पि.एन.पि मिडियाको संयुक्त प्रस्तुतिमा निर्माण भएको यस गीतको भिडियोलाई शिशिर पोखरेलले छायांकन गरेका हुन् भने सम्पादन प्रज्वलित पराजुलीको रहेको छ। यस गीतको भिडियोलाई निरपतेंद्र धोज राणाले निर्देशन गरेका हुन्।
हेर्नुहोस भिडियो: