प्रल्हाद र शान्ताको ‘कसो कसो माया बस्यो’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: प्रल्हाद तिमल्सिना र शान्ता खत्री कार्कीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘कसो कसो माया बस्यो’ बोलको गीतमा रिमेश कुमारको र शब्द रचना गायिका खत्री कै रहेको छ । संचारकर्मी कुमार आचार्यको निर्देशन रहेको भिडियोमा सोनाल तामाङ,कविता राय,फरिता फिचर्ड छन् । डान्सिङ्ग प्याटनको गीतमा कोरियोग्राफी हरिश खनालको रहेको छ । रबि कोइरालाले छायांकन गरेको भिडियोलाइ बिष्णु खड्काले सम्पादन गरेका हुन् । भिडियोमा चितवनका विभिन्न रमणीय दृश्यहरु समाबेश गरिएको छ ।