निशान र मेलिनाको गीतमा अर्जुन र वर्षाको अभिनय (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: निशान भट्‍टराई र मेलिना राईको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘हावा चल्यो’ बोलको गीतमा बसन्त सापकोटाको संगीत रहेको छ । गीतको शब्द पनि सापकोटाले नै लेखेका हुन् ।

संगीतकार बसन्तकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा नायिका वर्षा राउत र अर्जुन गौतमको अभिनय रहेको छ । सुब्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा प्रविण सिंहको कोरियोग्राफी रहेको छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई विकास ज्ञावलीले सम्पादन गरेका छन् । भिडियोमा साइब्रत आचार्य साहायक निर्देशकको रुपमा रहेका छन् ।