निशानको ‘सुवा नरिसाउन’ मा चक्र बम र अन्जली (भिडियो)



काठमाडौँ। गायक निशान भट्टराईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘सुवा नरिसाउन’ बोलको देउडा भाकामा शब्द तथा संगीत बिके बिक्रमको रहेको छ।

प्रभावन जे एण्ड टिमको निर्देशनमा बनेको भिडियोमा चक्र बम र अन्जली अधिकारी फिचर्ड छन्। ज्ञानेन्द्र शर्माल छायाँकन गरेको भिडियोलाई कृष्ण गौतमले सम्पादन गरेका छन्। भिडियोमा माधब श्रेष्ठको कोरियोग्राफी रहेको छ।भिडियो बिके बिक्रमको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।