‘लौरी टेकेको’ भन्दैछन् लोमश र सरु (भिडियो)


काठमाडौँ। गायक वेग राना र मञ्जु लावतीको स्वर रहेको लोकदोहोरी गीत ‘लौरी टेकेको’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक रानाकै लय तथा शब्द सिर्जना छ ।

सार्वजनिक गीतको भिडियोमा लोमश शर्मा र सरु धिमालको नृत्य देख्न सकिन्छ । निशान एसकेको निर्देशनमा बनेको भिडियोमा दीपक गिरीको छायांकन तथा अमृत चापागाईंको सम्पादन रहेको छ । डान्सिङ शैलीमा तयार भएको गीतको भिडियो गायक वेग रानाकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।