चौध बर्षिय लिजाको ‘मखमली चोली’ भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल

काठमाडौँ: लिजा लामाको स्वरमा ‘मखमली चोली’ बोलको भिडियो सार्बजनिक गरिएको छ शुक्रबार राजधानी काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रम गर्दै भिडियो सार्बजनिक गरिएको हो । सार्बजनिक गीतमा दिपक रमणको शब्द तथा संगीत रहेको छ । राहुल राइले छायाँकन गरेको भिडियोलाई शक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका हुन् । डान्सिङ्ग बिटमा तयार पारिएको गीतको निर्देशन तथा कोरियोग्राफी राजु लामाले गरेका हुन् । भिडियोमा सानु खतिवडा फिचर्ड छिन् चौध बर्षीय लिजाको यो दोश्रो गीत हो । लिजा पढाई संगै गीत संगीतमा पनि निरन्तर लागि रहने बताउछिन् ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३