जगदीश समालको ‘जवानी’ सार्बजनिक

सेलिब्रेटी नेपाल

काठमाडौँ:गीतकार तथा गजलकार सहाज गुरुङको नयाँ गीतको भिडियो सार्बजनिक गरिएको छ । जगदीश समालको आवाजमा रहेको ‘जवानी’बोलको गीतमा संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ साहस शाक्यको संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन राजिव कुमार श्रेष्ठले गरेका हुन् भने शम्भु चालिसे र राजेश राउतले छायाँकन र माधब बेलबासेले सम्पादन गरेका छन् । भिडियोमा दिपर्सन जंग राणा र अन्जु चौलागाईंलाई फिचर्ड गरिएको छ । भिडियो जगदीश समालको आफ्नै अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।