हेमन्त र मेलिनाको ‘पंखा एसी’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौँ: चर्चित गायिका मेलिना राई र गायक हेमन्त श्रेष्ठको आवाजमा रहेको यूगल गीत ‘पंखा एसी’ को म्युजिक भिडियो सार्बजनिक गरिएको छ। डि.पी खनालको शब्द,शंकर थापा स्माईलको संगीत र विश्व अधिकारीको संगित संयोजन रहेको यस गीतमा नेपाली चलचित्र “लम्फु” बाट चर्चामा आएका नायक “कबिर खड्का” मोडेल “एलिशा अधिकारी र ज्योस्ना श्रेष्ठको अभिनय रहेको छ। अजय रेग्मीको छाँयांकन रहेको भिडियोलाई पदम सुबेदीले सम्पादन र मिलन बिश्वकर्माले कलरिङ गरेका छन् । शिव बिकको कोरियोग्राफी तथा निर्देशन रहेको ‘पंखा एसी’ को भिडियो डश म्युजिक नेपाल मार्फत सार्बजनिक गरिएको छ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३