एलिना चौहान र डीआर सुजनको ‘नजाऊ नभन’ (भिडियो)


काठमाडौं। एलिना चौहान र अञ्जान सूर्यको स्वरमा रहेको गीत ‘नजाऊ नभन’ सार्वजनिकगरिएको छ । डिआर सुजनको शब्द, लालकुमार बरालको सङ्गीत र विशाल निरौलाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

निर्देशक देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा एलिना चौहान र डीआर सुजनको अभिनय रहेको छ । निसल पौडेलेको छायाँकन रहेको भिडियोलाई विकाश दाहालको सम्पादन छ । गीतमा गरिबिको गन्तब्य परदेश मात्र होइन आफ्नै देशमा पनि धेरै विकल्प छन् भन्ने भाव दर्शाइएको छ ।