भोलाको ‘जोवनको फूल’मा दिलिप र पूजनको रोमान्स (भिडियो)


काठमाडौँ। भोला श्रेष्ठको शब्द रचना रहेको ‘जोवनको फूल’बोलको गीत भिडियो सार्वजनिक गरिएको छ। सुरेश अधिकारीको संगीत रहेको गीतमा निशान भट्टराईको स्वर रहेको छ। दिलिप रायमाझी र पुजन घिमिरे फिचर्ड भिडियोको निर्देशन प्रदिप रसाइलीले गरेका हुन्। भोला श्रेष्ठको कन्सेप्टमा बनेको भिडियोलाइ ज्ञानेन्द्र शर्माले छायांकन र अमृत चापागाईंले सम्पादन गरेका छन्। भिडियो भोला श्रेष्ठको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।