बसन्त र प्रल्हादको माया हासेको’ सार्वजनिक (भिडियो)



काठमाडौँ। बसन्त थापा र शान्ति श्री परियारको स्वरमा रहेको लोक तथा दोहोरि गीत ‘माया हासेको’ सार्वजनिक गरिएको छ। प्रल्हाद सुबेदीको शब्द तथा बसन्त थापाको संगीत रहेको गीतको अडियो पहिले नै सार्वजनिक भइ सकेको थियो। अडियोलाई श्रोताले राम्रो प्रतिक्रिया दिए पश्चात भिडियो निर्माण गरिएको गीतकार सुबेदीले बताए। सार्वजनिक गीतमा आसिश अविरलको संगीत संयोजन रहेको छ।

शिब बिकले निर्देशन गरेको भिडियोमा दुर्गेश थापा र लोसिना लामिछाने फिचर्ड छन्। अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका हुन्। भिडियो प्रल्हाद सुबेदीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।