अस्मिताको ‘केही कमी’ मा सुधीर र अनिशा (भिडियो)



काठमाडौँ। गायिका अस्मिता अधिकारीको आवाजमा रहेको नयाँ गीत ‘केही कमी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सागर खरेलले शब्द लेखेका छन् भने कृष पाण्डेले संगीत दिएका छन् । गीतको भिडियोमा सुधीर श्रेष्ठ र अनिषा पोखरेल फिचर्ड छन् । भिडियोमा सुधीर र अनिशालाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ ।

विकास सुवेदीको निर्देशनमा बनेको भिडियोमा आशिष नेपाल एसोसिएट निर्देशकको रूपमा रहेका छन् । रंग पत्रकारितामा सक्रिय विकासको यो डेब्यू निर्देशन हो । युवराज न्यौपानेले खिचेको भिडियोको सम्पादन विकास ज्ञवालीले गरेका छन् । भिडियोलाई विमल सुवेदीले निर्माण गरेका हुन् ।