मरिश्काले अभिनय गरेको हिन्दि फिल्म ‘यारा’ को टिजर सार्वजनिक(भिडियो)


सेलिब्रेटी नेपाल। नेपाली चलचित्रकी अभिनेत्री मरिश्का पोखरेलले अभिनय गरेको बलिउड फिल्म ‘यारा’ को टिजर सार्वजनिक भएको छ । ‘यारा’ को केही प्रतिशत छायांकन नेपालमा समेत गरिएको छ । टिजरको १६ सेकेण्डमा भक्तपुर दरवार स्क्वायर क्षेत्रका दृश्य देख्न सकिन्छ । बलिउडका एक्सन स्टार विद्युत जामवालको प्रमुख भूमिका रहेको चलचित्रलाई तिग्मांशु धूलियाले निर्देशन गरेका हुन् । चलचित्रमा श्रुति हासन, अमित साध र विजय वर्माको पनि प्रमुख भूमिका छ । टिजरमा चार साथीको कहानी देखाइएको छ ।