विद्या बालन र कटरिना कैफ स्क्रिन शेयर गर्दै

सेलिब्रेटी नेपाल

एजेन्सी: बलिउडका दुई चर्चित अभिनेत्री हुन् विद्या बालन र कटरिना कैफ । यी दुई अभिनेत्रीलाई लिएर आनन्द एल रायले फिल्म निर्माण गर्ने भएका छन् । भारतीय मिडियाका अनुसार उक्त फिल्मका लागि स्क्रिप्ट पनि तयार भइसकेको छ । पछिल्लो समय कटरिनाले रायसँग फिल्म ‘जिरो’ मा काम गरेकी थिइन् ।

यी दुईलाई विशेष भुमिकामा फिल्म निर्माण गर्ने समाचारमा उल्लेख छ । कटरिना रोहित सेट्टीको फिल्म ‘सुर्यवंशी’ मा व्यस्त रहेकी छिन् भने विद्या बालनले अभिनय गरेको फिल्म ‘मिसन मंगल’ ले बक्स अफिसमा दमदार कमाइ गर्न सफल भएको थियो ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३