नियात्रा र उपन्यासको समिश्रण सोइनम,विकु लामा


सोइनम पुस्तक हालै मात्रै बजारमा आएको हो पुस्तकहरूको बीचमा छुटै परिचय सोइनम । र सोइनम लेख्ने व्यक्तित्व पनि अलग धारका हुन् । जो साहित्य रूचाउँछ र साहित्यको रसपानमा आफूलाई समाहित गर्न सक्छ यस्तै विशेषता भएको लेखक हो विकु लामा । उनैको पहिलो कृति सोइनम । आफ्नै जीवन भोगाइ, अनुभूति र मनोभावलाई सोइनमको माध्यमबाट प्रस्तुत गरिएको छ । यो पुस्तक अहिले चर्चामा रहेको छ पुस्तकको माग देश विदेश बाट आउँन थालेको छ।
Biku-Lama-cbn
काभ्रे जिल्लाको मादनकुडारीमा जन्मिएका विकु लामाको सोइनम चर्चा चल्नुको कारण, यो भित्र रहेको शब्ददृश्य, पाठक वर्गलाई दिएको सन्देश, गुण, अवगुण यावत पक्ष होलान । यो पुस्तक विमोचन भएको ३ महिनाको अन्तरालमा दोस्रो संस्करण प्रकाशन गरिदै छ । यसै विषयमा पुस्तकका लेखक बिकु लामासँग गरिएको कुराकानीको सार सन्क्षेप
सोइनम कस्तो पुस्तक हो ?

 
म सामान्य मान्छेले लेखेको अनुभूति हो । यो लेख्दै जाने क्रममा नजिकको साथिहरूलाई देखाए । र सकारात्मक कुरा आए पछि मैले पुस्तकको रूपमा प्रकाशन गरे । जस्को नाम सोइनम । यो तामाङ भाषाको शब्द हो । यसको अर्थ यात्रा । जस्ले यात्रामा अनुभूति गरेका विषयलाई शिलसिला मिलाएर लेखिन्छ । यस्तै बनेको छ सोइनम । यो पुस्तकको उर्त्तार्धमा पुगेएर उपान्यासमा ढल्किएको छ । यसैले यो नियात्रा र उपन्यासको समिश्रण हो । सोइनम पुस्तक सामाजिक पुस्तक हो भन्न पनि रूचाउछु ।
सोइनमभित्र के छ ? विषय बस्तुको बारेमा पाठक लाई प्रस्ट पारिदिनुस न ?

यो भित्र म आफैले गरेको कामहरूको समिक्षा छ भन्दा फरक पर्दैन । हामीले स्थापना गरेको ग्रामिण पुस्तकालयरूका विषयमा, जहाँ काभ्रे जिल्लाको विभिन्न भू वनोट, सामाजिक संरचना, सफलता, असफलता, भोगाई, गर्राई अनुभूति जस्ता भावनाहरू संगालो छ । यस्ले समाज परिवर्तनका लागि आहृवान गरिएको छ । सभ्य समाजको परिकल्पना गरिएको छ । जीवनमा केही गर्नु पर्छ र गरेर देखाउन सक्नु पर्छ भन्ने सकारात्मक हस्तक्षेप पनि गर्न खोजिएका छन् ।
कतिलाई यो पुस्तक गन्थन मात्र होइन मन्थन पनि छ । जस्ले उज्यालो समाजको नक्साङकन गरेको छ । पुस्तकालयको वरिपरि र मेरो जीवनको भोगाइ प्रतिविम्बको छनक छ । यसमा २६ वटा शिर्षहरू रहेका छन् ।
सोइनम बाट कस्तो पाठक प्रतिक्रिया पाई रहनु भएको छ ?

सबै प्रतिक्रियाहरू सकरात्मक रहेका छन् । कतिले भने पनि किताब लेख्ने मान्छे जस्तो लाग्दैन थियो तर लेख्नु भएछ । भनेर साथिहरूले सोधे पनि । मैले भने मान्छेको अनुहारले पुस्तक लेख्ने होइन । यो भावना र अनुभूतिले लेख्ने हो । यो पुस्तक सबैले मनपराउँछन पढ्छन भन्ने पनि छैन । तर जीवन उपयोगी पुस्तक मध्ये एक हो । केही साथिहरूको जवाफ पनि थियो ।
तपाईंको बिचारमा लेखन यात्रामा प्रभाव पार्ने पक्ष के हो ?

बजारमा नयाँ पुस्तक आए पछि खरिद गर्न रूचाउने व्यक्ति हुँ । भ्याए सम्म अध्ययन गर्ने गर्छु म साहित्य लेख्ने मान्छे होइन तर अध्ययन गर्न मनपराउने मान्छे चै अवश्य हुँ तर अब चाँही लेखक भएको हुँ कि जस्तो लाग्न थाल्यो। मैले धेरै पुस्तक अध्ययन गरेको छु । यसमध्ये झमक घिमेरको ‘जीवन काँडाकी फूल, आनी छ्योइ डोल्मोको फूलको आखाँमा जस्ता पुस्तकले मलाई भित्र कता कता छोयो नै । यसै पुस्तकहरूको प्रभाव पनि हो ।
अहिले सम्म पुस्तक कति जति विक्रि भयो ?

मेरो पुस्तक बजारमा जान्छ पैसा आउँछ भन्ने सोचेकै थिएन । उल्टो भयो । अहिले करिव ३९ हजार रूपैया सोइनमबाट जम्मा भएको छ । यो रकमबाट सोइनम पुस्तकालय निर्माण गर्ने योजना छ । हुन त पुस्तक लेख्न सजिलो छैन, लेखेर प्रकाशन गर्न पनि उस्तै हो । नयाँ लेखकहरूको लागि बजार व्यवस्थापन गर्न झन जटिल छ । तर मलाई यस्तो समस्या आएन र यो रकम जम्मा भएको होला ।
सोइनम कुनकुन ठाउँमा पुगको छ ?

सोइनम नेपाल बजार भन्दा बाहिर पनि पुगेको छ । अमेरिका, यूयइ, इजराय, डेनमार्क स्पेन, जापानमा पुगिसकेको छ । अन्य देशहरूबाट पनि मगाएका छन् । दोस्रो संस्करण आए पछि पठाउनु पर्ला ।
तपाई टुरिजम, सामाजिक सेवा र लेखनलाई कसरी सँगसगै लैजानु हुन्छ त अब ?

योजना बनाउनु पर्छ । सफल भइन्छ । आजको युग विज्ञान प्रविधिको युग हो । हातहातमा मोबाइल , मोबाइलमा नेट छ । काम गर्न जानियो र इच्छा भयो भने समय निकाल्न सकिन्छ । र सफल हुन सकिन्छ पनि । म यी तीनै विषयलाई सहज ढंगबाट अगाडि लैजान सक्छु भन्ने आत्माविश्वास पनि छ ।
अन्तमा के भन्न चाहनु हुन्छ ?

सबैकुरा भनेर भन्न सकिदैन र लेखेर लेख्न सकिरहेको पनि हुँदैन । सोइनमको विषयमा तामाङले लेखेको पुस्तक हो । यो पुस्तकले चर्चा पाउँछकी पाउँदैन आफैमा अन्योल थियो तर म सफल भएको छु । यस्तो भनाई टिप्पणी पनि सुनियो । ‘तामाङको छोरा भएर कसरी लेखियो यो साहित्य। जे होस चर्चा चल्यो । दोस्रो संस्करणको तयारीमा छु । पुस्तक राम्रै भएरत होलानी । मलाई सोइनम अध्ययन गरेर प्रतिक्रिया दिनुस भन्न चाहान्छु । सोइनममा वास्तविक पात्र उल्लेख गरिएको छ । पात्रले आफ्नो नाम राखिएको असन्तुष्टि व्यक्त गरीएकोमा क्षमा पनि चाहान्छु । खैर, एक चोटी सोइनम पढि दिनुस भन्छु ।